बेनी बजारका ११ सहित म्याग्दीमा १६ जना कोराना संक्रमित थपिए

विकल्प न्यूज/बेनी
कार्तिक १८ गते ।

म्याग्दीमा मंगलबार थप १६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा लिएको स्वाव पोखरामा परिक्षण गर्दा बेनी बजारमा मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बेनी अस्पताल स्रोतले जानकारी दिएको छ ।

नेकपाका जिल्ला सचिव समेत रहनुभएका हरिकृष्ण श्रेष्ठले आफू र आफ्नो परिवारका सदस्यहरुमा कोरोना पोजेटिभ भएको र कोरोनाको कुनै पनि लक्षण नदेखिएको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ । उहाँले आफूसँगको सम्पर्कमा आएकालाई सुरक्षित हुन अनुरोध समेत गर्नुभएको छ । गत विहिवार मात्रै बेनीमा एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको थियो । मृतकको सम्पर्कमा रहेकाहरुको सोमबार कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो ।

यसै गरी बेनी नगरपालिका २ मा एक जना, दरवाङ प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी एकजना, मंगला गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएको आधिकारीक जानकारी बुधवार स्वास्थ्य निर्देशनालय पोखराले प्रेस विज्ञप्ती मार्फत जानकारी दिने स्रोतले जानकारी दिनएको छ ।

सोमबार कन्ट्रयाक्ट ट्रेसिङमा परेका ४६ जनाको स्वाव संकलन गरी परिक्षणका लागि पोखरा पठाइएको निमित्त स्वास्थ्य प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।