दरवाङमा पनि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द

विकल्प न्यूज/बेनी
कार्तिक १८ गते ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै म्याग्दीको मालिका  गाउँपालिकाको केन्द्र दरबाङ बजारमा बुधबार देखि अत्यावश्यक वाहेक सवै सेवाहरु पूर्णरुपमा बन्द हुने भएका छन् । मंगलबार गाउँपालिका र वडाको विपद् व्यवस्थापन समितिको वैठकले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै विहिवार (कार्तिक २० गते ) देखि दरवाङ बजारमा रहेका वैंक तथा वित्तिय संस्थाहरुको कारोबार पूर्ण रुपमा बन्द गरिने भएको हो । भने पसल तथा व्यवसाय बुधवार देखि नै बन्द हुने भएका छन् । वैठक पछि वडा कार्यालयले पाँच बुँदे सूचना जारी गरेको छ ।

१ बुधबार देखि मास्क अनिवार्य नभए रु १०० जरिवाना गर्ने ।
२ औषधि पसल बाहेकका पसलहरु बिहान १० देखि ४ बजे सम्म बन्द गर्ने ।
३ भिडभाड,कुनै पनि खेल,बैकल्पिक शिक्षा ,जस्ता कुराहरू अर्को निर्णय नहुन्जेललाई पुर्ण बन्द गरिने ।
४ २० गते देखि बैंक तथा बित्तीय कारोबारहरु पुर्ण बन्द गरिने ।
५ कोरोना फैलिएको क्षेत्र बाट आउने सबै अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निर्णयहरु अनिवार्य रुपमा पालना गर्न बजारबासीहरुलाई अनुरोध गरिएको वडा अध्यक्ष सन्तनाथ जैसीले बताउनुभयो । समुदायमा कोरोना संक्रमणको जोखिम बढेपछि बेनीमा शनिबार देखि अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गरिएको छ ।