ताजा समाचार:
Search

जलजलामा एक घर एक पिसिआर परिक्षण अभियान

जलजला।

कार्तिक ११ गते । 

पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षणलाई व्यापक बनाउन भएको छ ।

संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए ।

‘आजैबाट अभियानको सुरुवात गदैछौ, ‘पालिका भित्रका सबैलाई यो सुविधा लिन अपिल गर्छु’ मल्लले भने ।

उनले कोरोनालाई हेलचेक्राईको रुपमा लिन नहुने बताउँदै आफुँले संक्रमति हुदाँ भोगेको समस्यालाई समेत समुदायमा जानकारी गराउँदै अभियानलाई जनताको घरदैलोमै पुग्ने गरी सञ्चालन गर्ने बताए ।
मंगलबार विहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीहरूको टोलीले समुदायस्तरमा स्वाब संकलन थाल्ने गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष मल्ल सहित विभिन्न ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई कोरोना देखिएपछि जलजलाबासी त्रसित भएका थिए । स्बाब संकलनमा परिचालन गरिएका स्बास्थ्यकर्मीले जनस्वास्थ्यकमा मापदण्डका बारेमा समेत जानकारी गराउने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

हरेक घरमा एक जनाको स्बाब संकलन गरिएपनि कोरोना संक्रमितको परिवारका भने सबैको स्बाब संकलन गरिनेछ । यसअगाडी गाउँपालिकाबाट करिब ५ सय जनाको पिसिआर समेत गरिएको थियो ।

यसैबीच तत्काल ५ शैयाको कोरोना अस्पतला बनाएर आवश्यकता अनुसार विस्तार गरिने, होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।

जलजलाका कोरोना संक्रमतिबाट म्याग्दीको सदरमुकाम बेनी तथा आसपासका क्षेत्रमा समेत समुदायमै फैलिने जोखिम  बढेको थियो ।