ताजा समाचार:
Search

गण्डकी प्रदेशमा थपिए २३३ जना काेराेना संक्रमित

विकल्प न्युज । 

कार्तिक १० गतेे । पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा २३३ जनामा काेराेना पुष्टि भएकाे छ ।

क्षयराेग उपचार केन्द्र र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएको परिक्षण मा प्रदेशका ७ जिल्लामा गरेर उक्त संख्यामा काेराेना संक्रमित थपिएकाे स्वास्थ्य निर्देशनालय पाेखराले साेमबार विहान निकालेकाे विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्ति अनुसार कास्कीमा सवै भन्दा धेरै  १०१ जना संक्रमित थपिएका छन ।

नवलपुरमा ७५,तनहुँ मा २६,बागलुङ मा १७,गाेरखामा ८,लमजुङ मा ५ र स्याङ्जामा १ जनामा काेराेना पुष्टि भएकाे छ ।

नयाँ थपिएका संख्या संगै प्रदेशमा काेराेना संक्रमितकाे संख्या ६७११ पुगेकाे छ । भने काेराेेनाका कारण ६७ जना ज्यान गुमाईसकेका छन ।