ताजा समाचार:
Search

बागलुङमा थप २० जनामा काेराेना पुष्टि

विकल्प न्युज ।

कार्तिक ९ गते । 

बागलुङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका जैमिनी नगरपालिका र गलकोट नगरपालिकाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

गलकोटन नगरपालिकाका ३३ र २७ वर्षीया महिला, ५६ वर्षीय पुरुष, जैमिनी नगरपालिकाका १९ वर्षीया महिला, २०, ४२, ५३, ४५ वर्षीय पुरुष काठेखोला गाउँपालिकाका २९ र ३० वर्षीया महिला, ४५, ३५, २४ र २६ वर्षीय पुरुष, बागलुङ नगपालिकाका ६७, २२ र ६० वर्षीया महिला, ६६, ३४ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन घिमिरेले बताउनुभयो ।