ताजा समाचार:
Search

पर्वतमा ११ सहित गण्डकी प्रदेशमा थप १०७ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/पोखरा
कार्तिक ८ गते । पर्वतमा शनिबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार कुस्मा नगरपालिका ६ मा ६ जना,४ मा १ ,५ मा १ ७ मा १ र वडा नखुलेको १ जनामा कारोना भाइरस पुष्टि भएको जनाएको छ । यसैगरी मोदी गाउँपालिकाको २ मा १ र फलेबास नगरपालिकाको २ मा १ जना गरी थप ११ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यसै गरी शनिबार १ बजे सम्म गण्डकी प्रदेशमा १०७ जनामा कोरोना पुष्टि भएको छ । कास्कीमा ५७ जना,तनहुँमा ११,बागलुङमा १,नवलपुरमा २५,गोरखामा २ जनामा कोरोना भाइरस पुष्टि भएको जनाएको छ ।