ताजा समाचार:
Search

बेनीकाे एक फेन्सी पसलका दम्पतीलाई काेराेना पुष्टि

विकल्प न्युज/ बेनि
कार्तिक ७ गते । शुक्रबार काेराेना पुष्टि भएका बेनी नगरपालिका ७ का दुईजना बजारका फेन्सी व्यवसायि भएकाे खुलेकाे हाे । संंक्रमित  वर्ष ४४ का पुरूष र ३९ काेे महिला हुन ।

केही दिन अघि कपडा लिन काठमाडौं पुगेर फर्किएका हुन । उनमा काेराेनाकाे लक्ष्ण देखिएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनु भयाे । संक्रमित दम्पत्ति बेनि अस्पतामा उपचार भईरहेकाे छ ।

यसै गरि शुक्रबार नै बेनपा १० का वर्ष ३० एक पुरूषमा पनि काेराेना पुष्टि भएकाे छ ।

फेन्सी व्यवसायी मा काेराेना देखिएपछि समुदायमा काेराेना फैलिन सक्ने जाेखिम बढेकाे छ ।  फेन्सि व्यवसायीहरूले  पसलमा न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड पनि  पालना गरेकाे पाईदैन ।