पोखरामा उपचारत धनबहादुर पाठकद्धारा सहयोगको अपिल

म्याग्दी, ६ कात्तिक ।

गण्डकी मेडिकल कलेज पोखरामा उपचारत बेनी नगरपालिका– २ खवरका धनबहादुर पाठकद्धारा सहयोग अपिल गरेका छन् । मृगौला कलेजो र रगतमा समस्या देखिएपछि असोज ३० गतेदेखि पोखरा आइसीयुमा रहेर उपचार गरिरहेका पाठकले आर्थिक सहयोग लागि अपिल गरेका हुन् ।

शिक्षक पेशा गरेर जिविकोपार्जन गरेका पाठकको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले “धनबहादुर पाठक बचाउ अभियान” संचालन गरेको छ । कोषका सदस्य कृष्ण जिसीको संयोजकमा आर्थिक संकलन अभियानमा सुरु गरिएको कोषका राजेश शाक्यले

जानकारी दिनुभयो ।

२० बर्षदेखि न्यु वोष्ट पोइन्ट आवासिय माविमा शिक्षक पेशा गर्दै आएका पाठकको उपचारका लागि वेष्ट पोईन्टमा अध्यापन गराउदै आएका सहकर्मी शिक्षकहरुबाट ४६ हजार, वेष्ट पोइन्टका ७ औ ब्याजका पुर्व विद्यार्थी अर्पण श्रेष्ठको संयोजनमा ५१ हजार, निरन्जन श्रेष्ठ मार्फत १८ हजार, मनोज खड्काको संयोजनमा खवराबासीबाट २४ हजार ६०० सय विद्यालयतर्फबाट २० हजार रुपैयाँ सहित अन्य ब्यक्तिहरुको सहयोगमा हालसम्म २ लाख ४६ हजार सहयोग प्राप्त भएको पाठक बचाउ अभियानका संयोजक जिसिले जानकारी दिनुभयो ।

शिक्षण पेशाबाट जिविकापार्जन गरिरहेका पाठकको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको छ । उनको उपचार लामो समय हुने हुदाँ परिवारको आर्थिक अवस्थाले नपुग्ने भएपछि स्वदेश तथा विदेशमा रहेका जिल्लाबासी दाजुभाई तथा दिदिबहिनीलाई आर्थिक सहयोगका लागि अपिल गरिएको जिसिले जानकारी दिनुभयो ।

संयोजक ः कृष्ण जिसीको फोन नम्वर ९८४७६४२८१६