कसरी पुग्यो जलजलाको समुदायस्तरमा कोरोना ?

विकल्प न्यूज/जलजला
कार्तिक५गते।  पर्वतको जलजला गाउँपालिकाको समुदायस्तरमा कोरोना फैलिएको छ । विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण पुष्टि हुने गरेकोमा पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण देखिएको हो ।

गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई ११ दिन अघी कोरोना संक्रमण देखिएपछि उहाँको सम्पर्कमा आएका र अन्य व्यक्तिहरु गरी ९९ जनाको पिसिआर परिक्षणका लागि गत शनिबार नमुना स्वाव संकलन गरिएको थियो । पोखरामा गरिएको पिसिआर परिक्षणमा बुधवार १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जलजलामा हुने राजनीतिक कार्यक्रम र सरकारी उच्च अधिकारीहरुको आगमानले कोरोना समुदाय स्तरमा फैलिएको जलजलावासीहरुको भनाई छ । जलजलावासीहरुले उनीहरुलाई समुदाय स्तरमा कोरोना फैलाउने मुख्य जिम्मेवार ठानेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएका नियमहरुको पालनामा लापरबाही गर्ने,विभिन्न कार्यक्रमहरु गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी गाउँगाउँ ढुल्ने प्रवत्तिका कारण कोरोना समुदाय स्तरमा पुगेको स्थानीयवासीहरु बताउँछन् ।

बुधबार एकैपटक १६ जनामा कोरोना पुष्टि भएसँगै जलजलामा त्रास फैलिएको छ । कोरोना महामारी समयमा कुनै पनि भेला,कार्यक्रम गर्न नपाईने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने नियमलाई उल्ङ्घन गर्दै जनप्रतिनिधि र सरकारी उच्च तहका अधिकारीहरु ठू्रलो हुल बाँधेर गाउँ भ्रमणमा पुगेका थिए ।

कोरोनाको महामारी फैलिएको राजधानी काठमाण्डौं पुगेर फर्किएका गाउँपालिका अध्यक्ष मल्लले कुनै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुभएन । कोरोना फैलिएको क्षेत्रबाट फर्किएपछि होम क्वारेन्टाइनमा वस्नु पर्ने उहाँ गाउँगाउँको भ्रमण गर्नुभयो ।

धाइरिङका स्वास्थ्यकर्मी र मिलनचोक सल्यान घायखेत सडक आयोजनाका लेखापालमा कोरोना देखिएका कारण समुदायस्रतमा कोरोना पुगेको शंका गरिएको नेकपा वडा कमिटिका अध्यक्ष हरि आचार्यले बताउनुभयो । सडक आयोजनामा काम गर्ने मजदुरहरुको आगमनले पनि धाइरिङ कोरोनाको उच्च जोखिममा परेको उहाँले बताउनुभयो ।

पिसिआर परिक्षणका लागि नमुना स्वाव दिएर खुला रुपमा समुदायस्तरमा हिडडुल गरेका गरेकाले संक्रमितहरुको संख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।

त्यस्तै असोज २४ गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित गण्डकी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री विकास लम्साल,नेकपाका जिल्ला स्थित नेताहरु र कर्मचारी सहित ठूलो संख्यामा बाढीपहिरोबाट पु¥याएको क्षतिको अवलोकनमा जलजलामा आउनुभएको थियो ।
त्यही भ्रमणबाट नै समुदाय स्तरमा कोरोना पुगेको आशंका गरिएको छ । जनप्रतिनिधि,राजनीतिक दलका नेता र सरकारी उच्च अधिकारी समुदायमा कोरोना फैलाउने जिम्मेवार पक्ष भएको जलजलावासीहरुले आरोप लगाएका छन् ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुले पिसिआर परिक्षणका लागि नमुना स्वाव दिएपछि पनि खुला रुपमा हिडडुल गरेका छन् । यसले गर्दा पनि समुदाय स्तरमा कोरोना भुषको आगो जसरी फैलिन सक्ने देखिन्छ । त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाईका साथ पालना गरेमा मात्र कोरोना संक्रमणबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।

यसै विच कोरोना समुदाय स्तरमा फैलिएको भन्दै जलजला गाउँपालिकाले बुधवार सूचना जारी गर्दै सवैजनाले स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई कडाईका साथ पालना गर्न अनुरोध गरेको छ ।

बुधवार जलजला गाउँपालिकामा कार्यरत २ जना कर्मचारी, वारीबेनी र मिलनचोक प्रहरी चौकीमा कार्यरत १÷१ जना प्रहरी,धाइरिङ स्वास्थ्य चौकीमा कार्यरत २ जना स्वास्थ्यकर्मी, वडा नम्बर १ मा १ जना,२ मा १ जना,३ मा ५ जना,४ मा २ जना, ८ मा १ जना र वडा नम्बर ५ मा घर भै ६ मा वस्ने १ जना गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यसअघि गाउँपालिका अध्यक्ष मल्ललाई कोरोना देखिएपछि गाउँपालिका र सम्पूर्ण वडा कार्यालयहरुका सबै सेवाहरु पूर्णरुपमा बन्द गरिएको थियो ।

अव राजनीतिक,जनप्रतिनिधि,सरकारी कर्मचारी र अन्य सर्वसाधरणहरुले लापरबाही गरे कोरोना भुषको आगो झै समुदायमा फैलिन सक्ने उच्च जोखिम भएकाले सतर्कता र सावधानी अपनाउन आवश्यक छ ।

कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने मुला नारालाई सवैले आत्मसम्मान गर्र्दै स्वास्थ्य सुरक्षाका उपायाहरु कडाईका साथ पालना गरौं ।

गाउँपालिका अध्यक्ष  मल्ललकाे अपिल

मल्लले काेराेना राेकथाम र नियन्त्रण मा सबै एकजुट भएर जुटन अनुराेध गर्नु भएकाे छ । उहाले अाईसाेलेशनबाट फेसबुक मार्फत गाउँपालिका वासिलाई काेराेना राेकथाम तथा नियन्त्रण का लागि गरिएका निर्णय हरू पालना गर्नु अनुराेध गर्नुभएको छ ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।