ताजा समाचार:
Search

बाढीपहिरोबाट पीडित बनेकाहरुको पुनस्र्थापना हुन्छ ः मन्त्री गुरुङ

विकल्प न्यूज/बेनी
कार्तिक४गते।
बाढीपहिरो पीडित तथा प्रभावित क्षेत्रका स्थानीयको पुनसर््थापना हुने गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताएका छन् । प्रेस सङ्गठन नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा सम्पन्न पत्रकार सम्मेलनमा उनले बाढीपहिरो पीडितको पुनसर््थापना गरिने बताएका हुन् ।

मन्त्री गुरुङले यसवर्ष परेको भारी वर्षाका कारणले गर्दा गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको बताउँदै पहिरोपीडितको पुनसर््थापनाका लागि योजनाबद्ध तरिकाले काम गर्ने बताए ।

उनले प्रदेश तथा केन्द्रीय सरकारमार्फत विशेष योजना बनाएर बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दाको पुनसर््थापना गरिने भन्दै यसका लागि प्रदेश सरकार निरन्तर रुपमा लागिपरेको जानकारी दिएका छन् ।

म्याग्दीको पहिरो प्रभावित क्षेत्र मालिका गाउँपालिका–७, बिम र बेनी नगरपालिका–१०, पात्लेखेतलगायत स्थानमा स्थलगत भ्रमण गरेर फर्किएका मन्त्री गुरुङले म्याग्दी जिल्लाको विपद् व्यवस्थापनमा विशेष ध्यान दिइने बताए ।

उनले म्याग्दीलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नका लागि प्रदेश सरकारको मन्त्रीपरिषदस्तरीय वैठकबाट निर्णय गरी सङ्घीय सरकारमा पठाइएको जानकारी दिए । वर्षात्को समयमा बाढी पहिरोबाट बढी प्रभावित राजमार्गलगायत सडक आयोजनाहरुको स्तरोन्नतिका लागि जोड दिइने मन्त्री गुरुङको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री गुरुङले विश्वभर फैलिएको कोरोना भाइरसका कारण सबै देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित बनेको टिप्पणी गरेका छन् । उनले कोरोनाकै कारण नेपालको अर्थतन्त्रमा समेत समस्या आएको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले हालसम्म ६० प्रतिशतसम्म पनि राजश्व सङ्कलन हुन नसकिरहेको भन्दै राजश्व सङ्कलन गर्नका लागि देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । उनले सरकारको ढिकुटी जनताले तिर्ने कर नै भएकाले उद्योगधन्दा सञ्चालनको वातावरण निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए ।

मन्त्री गुरुङले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गैरहेको हुँदा अब पनि लकडाउन गर्नुपरेको खण्डमा पुरानो मोडालिटी अपनाउन नहुने बताएका छन् । उनले लकडाउन गर्नुपरे यसको मोडालिटीलाई परिवर्तन गर्नुपर्ने बताउँदै देश विकासका लागि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए । कोरोनाको जोखिमका बाबजुद पनि अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवश्यकता रहेकाले उद्योगधन्दा तथा कलकारखाना सञ्चालन गरी उद्योगी, व्यवसायीले कर तिर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका थिए । सञ्चारमाध्यमलाई प्रदेश सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन र सूचनाका लागि कार्यविधि बन्दै गरेको जानकारी दिँदै आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले कार्यविधि निर्माण भैसकेपछि सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापनवापतको अनुदान पाउने बताए । उनले स्थानीय तहहरुमा अस्पताल निर्माणका लागि प्रदेश सरकारले विशेष कोषको समेत व्यवस्था गरेको पनि बताएका छन् ।

प्रेस सङ्गठन म्याग्दी शाखाका संयोजक कमल खत्रीको अध्यक्षता र सहसंयोजक प्रताप बानियााँको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपाका नेताहरु तथा जिल्लामा क्रियाशील पत्रकारको सहभागिता रहेको थियो ।