ताजा समाचार:
Search

गण्डकीमा कोरोना संक्रमितको उपचार निःशुल्क

विकल्प न्युज/ पाेखरा

कार्तिक ४ गते ।  

गण्डकी प्रदेश सरकारले प्रदेशमा कोरोना भाइरस संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको जनाएको छ।

प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले गण्डकी प्रदेशमा कोरोना भाइरस का बिरामीको उपचार निःशुल्क भइरहेको स्पष्ट पारेका हुन्।

उनले भने, ‘नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि हटेको छैन।’

उनका अनुसार गण्डकीका ३८ ठाउँका आइसोलेसनबाट उपचार भइरहेको छ। उनले भने, ‘कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको छ। यो सेवा निरन्तर हुन्छ।’