ताजा समाचार:
Search

अबैध भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ

विकल्प / बेनी
म्याग्दी ३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाबाट प्रहरीले अवैध एकनाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय घोडेपानीबाट प्रहरी सहायक निरिक्षक रवि आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले ग्रामीण गस्तीका क्रममा अबैध भरुवा बन्दुक लुकाई हिँडेको अबस्थामा काफलडाँडाका ३१ बर्षका अम्बर गर्बुजालाई नियन्त्रणमा लिएको छ ।

निजको साथबाट एक थान बन्दुक, १७ थान गोली, ४४ थान फलामका टुक्रा र १ सय ग्राम बारुद समेत बरामद गरि नियन्त्रणमा लिएको र आबश्यक कानुनी प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।