बेनीमा लागूऔषध सहित एक युवा पक्राउ

म्याग्दी ३ कात्तिक ।

म्याग्दी सदरमुकाम बेनीमा एक युवा लागूऔषध सहित पक्राउ परेका छन् ।

प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बेनी नगरपालिका–८ गणेशटोल बस्ने २९ बर्षका बलम भण्डारीलाई लागू औषध सहित पक्राउ गरेको हो ।

लागूऔषधको सेवन र विक्रि वितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले भण्डारीको कोठामा खानतलासी गरेको र उनले कोट राख्ने कभर भित्र लुकाई राखेको अबस्थामा लागु औषध जाईजेपाम ३० एम्पुल, फेनरागन ३१ एम्पुल र नुर्फिन ३० एम्पुल गरि कुल ९१ एम्पुल लागुऔषध र ६ जना सिरिन्ज बरामद गरेको जनाएको छ ।

भण्डारीलाई नियन्त्रणमा लिएर आबश्यक अनुसंधान र कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकृत प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनुभयो ।