कर्मचारीलाई कोरोना पुष्टि भएसंगै अत्याबश्यक बाहेकका सेवा बन्द

म्याग्दी २ कात्तिक ।

म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो ।

आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सूचना नहुँदासम्मको लागि कार्यालयको सेवा प्रवाह रोकेको जनाएको छ ।संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीहरुलाई होम क्वारेनटाइनमा राखिएको र स्वाब संकलन गरि पिसीआर परिक्षण गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, संक्रमित कर्मचारीको कन्ट्याक ट्रेसिङमा परेका ५ जना कर्मचारी होम क्वारेनटाइनमा बसेका छन् । गाउँपालिकाबाट बेनीको होल्डीङ सेन्टरमा खटिएका पुरुष कर्मचारीले काेराेनाकाे लक्षण देखिएपछी पिसीअार परिक्षणा गरेका थिए ।

कन्ट्याक ट्रेसिङका क्रममा मंगला गाउँपालिका–५ का  ती २४ बर्षिय पुरुष र मंगला गाउँपालिका–४ की २६ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्लाबाट बाहिर गएर पिसीआर जाँच गरेकाहरुमा कोरोना संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङमा परेकाहरुमा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको छ । म्याग्दीमा हालसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५१ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय म्याग्दीका निमिक्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछि सतर्कता अपनाउन आग्रह गरिएको लम्सालले जानकारी दिनुभयो । दशैँको अवसरमा बाहिरबाट गाउँ आउने र गाउँमा समेत अनाबश्यक कार्यमा एक ठाउँबाट अर्को ठाउँमा आवात जावत नगर्न जिल्लामा रहेका स्थानीय तहहरुले आह्वान गरेका छन् ।