ताजा समाचार:
Search

बेनी नगरपालिका ७ का एक पुरुषमा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी
कार्तिक १ गते । 

म्याग्दीको बेनी नगरपालिका ७ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाएको हो । संक्रमित पुरुषको स्वाव पोखरामै लिइएको थियो ।  संक्रमित पुरुषको अन्य विवरणहरु लिने प्रयास गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । बेनीबाट पोखरा उपचारका लागि पुगेका समयमा कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हुन सक्ने उहाँले बताउनुभयो । 

साथै शनिबार गण्डकी प्रदेशमा थप ७६ जना ७६ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ । आज थपिएका संक्रमितमध्ये ५३ जना कास्कीका छन् । गोरखामा ९, नवलपरासीमा ५, तनहुँमा ३, स्याङ्जा र बागलुङमा २र२, लमजुङ र म्याग्दीमा १र१ संक्रमित थपिएका छन् । सहित गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७७ पुगेको छ ।

तीमध्ये ३ हजार ४ सय ८८ जना निको भएको निर्देशनालयले जनाएको छ । अहिलेसम्म ४९ संक्रमितको ज्यान गएको छ ।मृत्यु हुनेमा कास्कीका १४, नवलपुर र तनहुँका ९र९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।