ताजा समाचार:
Search

हङकङमा देउसीभैलो खेलेर म्याग्दी अस्पताललाई १७ लाख

mona honkong
हरिकृष्ण गौतम\विकल्प
कात्तिक २३ गते ।
हङकङमा रहेका म्याग्देलीले जिल्ला अस्पताल म्याग्दीमा एक्सरे मेसिन खरिद गर्न देउसीभैलो खेलेका छन् । म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ)ले आइतबार साँझ देउसीभैलो खेलेर दुईघण्टामा १७ लाख संकलन गरेको छ । अपेक्षा गरेअनुसार नै सहयोग संकलन गर्न सफल भयौ । डिजिटल एक्सरे खरिद गर्नेछौ अध्यक्ष इन्द्र एलजी थापामगरले भने ।
उनले जिल्लाभित्रको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आगामी दिनमा समेत सहयोग गरिने बताए । हंङकङको मंकिहिलमा आयोजित देउसीभैलोमा सहभागिले नेपाली मौलिक झल्कने गीत, लोपउन्मुख कला र संस्कृति लगाएत जातजातीको भेषभुषामा सजिएरका थिए ।

नेपालीको उत्साहजनक सहभागिता रहेको कार्यक्रमा समुह–समुह बनाएर आर्थिक संकलन गरिएको थियो ।
जिल्ला अस्पताल म्याग्दीको अवलोकनको क्रममा निर्वतमान अध्यक्ष दल शेरपुञ्जा, मोना अन्र्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुन लगाएतलाई एक्सरे मेसीन आवश्यकता रहेका अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसी, अस्पताल प्रमुख रोशन न्यौपानेले अनुरोध गरेका थिए । जिल्लमा धेरै सहयोग भित्राउने संस्थामा मोना हङकङ अग्रस्थानमा रहेको छ ।
अप्रेसन सहितको प्रसुती सेवा, हार्डर्जेनी तथा नशा सम्बन्धि रोगको समेत उपचार हुन थालेपछि बागलुङ–पोखरा जाने विरामीलाई राहत भएको छ ।

बर्षेनी लाखौ सहयोग जिल्लामा भित्राउने गरेको मोना हङकङले तीनवटा फरक क्षमता भएका विद्यार्थी अध्ययरत विद्यालयलाई प्रति विद्यालय १० लाखको अक्षयकोष, हरेक बर्ष सामुदायिक विद्यालयबाट प्रवेशिका परिक्षामा सर्वोउत्कृष्ट अंक ल्याउनेलाई नगद सहित सम्मानका साथै आर्थिक अभावका कारण उपचारमा बन्चित भएकालाई समेत उपचारमा सहयोग गर्दैआइरहेको छ ।