म्याग्दीबाट काठमाण्डौं पुगे लगत्तै कोरोना पुष्टि

विकल्प न्यूज/बेनी
असोज २६ गते । 

म्याग्दीबाट काठमाण्डौं पुगेका एक व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २१ काठमाण्डौ पुगेका ति पुरुषको २४ गते पिसिआरका लागि नमुना लिई परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

मंगला गाउँपालिका १ का ३९ वर्षीय संक्रमित पुरुष ७ महिना अगाडि विदेशबाट घर आउनुभएको थियो । अहिले फेरी विदेश जाने क्रममा काठमाण्डौ स्थित स्टार अस्पतालमा उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।  संक्रमित पुरुष काठमाण्डौंमा होटल आइसोलेशनमा वसेका छन् ।

म्याग्दीमा ति पुरुषको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काम समेत सुरु भएको र कन्ट्याक्कमा परेका परिवारका सदस्यहरुलाई होम क्वारेन्टाइनमा राखिएको स्वास्थ्य प्रमुख लम्सालले बताउनुभयो ।

म्याग्दी जिल्लामा बाहिरबाट आएका व्यक्तीहरुमा मात्र कोरोना देखिएकोमा पछिल्ला तिनवटा केस भने म्याग्दीबाट वाहिर पुगेका व्यक्तीहरुमा देखिएको छ । यसले गर्दा म्याग्दीको समुदायस्तरमा कोरोना फैलिएको आशंका उब्जाएको छ ।