ताजा समाचार:
Search

खोप्रालेकमा आन्तरिक पर्यटकको चहलपहल (फोटोफिचर)

विकल्प न्यूज/बेनी
असोज२६गते।   कोरोना कहरका विच पनि म्याग्दीको पर्यटकीय स्थल खोप्रालेकमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण बाहिरी जिल्लाबाट पर्यटकहरु नआएपनि जिल्ला भित्रबाट भने घुम्नका लागि खोप्रालेक पुग्ने गरेका छन् । खोप्रा म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य हो । खोप्रा पुगेका पर्यटकहरु खयर लेक सम्म पुग्ने गर्दछन् ।

जिल्लाको प्रमुख पर्यटकीय स्थलहरु यतिखेर सुनसान छन् । होटल व्यवसाय ठप्प छ । तर खोप्राको होटल भने आन्तरिक पर्यटकका लागि खुल्ला छ । एउटा मात्र होटल रहेको यहाँ फाटफुट आउने पर्यटकको सेवाका लागि खुल्ला राखिएको होटल सञ्चालक बताउँछन् ।

अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने खोप्रा अघिल्ला वर्षहरुमा जस्तो पर्यटकको चहलपहल त छैन तर आन्तरिक पर्यटकहरु आउने गरेको सामुदायिक होटलका कुक आदेश तिलिजा पुनले बताउनुभयो । समुद्रि सतह देखी ३ हजार ६ सय६०मिटरउचाईमापर्दछ। खोप्राबाट आँखै अगाडि धौलागिरि,अन्नपूर्ण लगायतका दर्जन बढी हिमशृङ्खला,मनमोहक पहाडी भुगोल एवं ग्रामिण बस्तीहरु संगै बिहानीमा देखिने सुर्योदयले पर्यटकलाई आनन्द मिल्छ । खोप्रा लेकबाट मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी, धौलागिरी, गुर्जा लगायतकादर्जनौ हिमश्रृंखलालाई नजिकबाट अवलोकनगर्न पाउनु खोप्राको प्रमुख विशेषता भएको लेफ्निेन्ट राजु पुनले बताउनुभयो । खोप्रा लेखबाट दृष्य अवलोकनका लागि मात्र नभई प्राकृतिक रुपमा समेत पर्यटकलाई तानिरहेको छ ।

खोप्रा लेखबाट म्याग्दी सहित पर्वत, कास्कीका पहाडका बस्तीहरु समेत अवलोकन गर्न पाहिने भएपछी पनीपर्यटकको रोजाईमा पर्ने गरेको पुनले बताउनुभयो । उनका अनुसार असोज महिना लागे संगै पर्यटकको आगमना बढेको हो ।
पहिले बाह्य पर्यटक मात्रआउने गरेका थिए । तर आज भोली आन्तरिक पर्यटक पनि बढी आउने गरेको पुनको भनाई छ । ‘अझै पुर्वधार निर्माण र प्रचार–प्रसार गर्न सक्ने हो भने पर्यटकहरु अझै बढी आछन्’ पुनले भन्नुभयो, ‘पूर्वाधार निर्माण गरेर होटलको क्षमता बढाउने योजना छ ।’ सामुदायिक होटलको क्षमता अहिले २४ जनाको छ ।

खोप्रालेक घाद्रुक टाढापानी इसारु दोबाटो बयली सिस्नेपनी, तिखे ढुङ्गगा घोडेपनी स्वाअत, गलेश्वर, बासखर्क डाडाकटेरी महरे डाडा हिस्तान टिकोट खिवाङ डाडाखर्क, भू–तातोपानी पाउद्धार र नयाँ पुल तिखे ढुङ्गगा हुदै खोप्रालेक पुग्न सकिन्छ ।

खोप्रालेक पुगेका आन्तरिक पर्यटकहरु । तस्विर राकेश शर्मा
सिसन गिरीको फेसबुकबाट