ताजा समाचार:
Search

म्याग्दीबाट पोखरा उपचार गर्न पुगेकी एक महिलामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी
असोज२३गते। म्याग्दीबाट उपचार गर्न पोखरा पुगेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मालिका गाउँपालिका ५ देविस्थानकी ३५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त संक्रमित महिला असोज १५ गते उपचारका लागि पोखरा पुग्नुभएको थियो ।

गण्डकी अस्पतालमा उपचारका लागि पुग्नुभएकी उक्त महिलाको असोज २१ गते पोखरामै स्वाव संकलन गरिएको थियो । हाल उहाँ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत हुनुहुन्छ । उक्त महिला उपचारका लागि पोखराका विभिन्न अस्पतालहरुमा समेत पुगेको खुल्न आएको छ ।
म्याग्दीमा संक्रमण भयो वा पोखरामा भन्ने अन्न्यौल रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो  ।

संक्रमित महिलाको परिवारका सदस्यहरुको कन्ट्रयाक्क टे«सेङिको काम समेत सुरु भएको उहाँले बताउनुभयो ।

म्याग्दीमा बाहिरबाट आएका व्यक्तीहरुमा मात्र कोरोना संक्रमण देखिएकोमा पहिलोपटक म्याग्दीबाट पोखरा उपचारका लागि पुगेका व्यक्तीमा संक्रमण देखिनुले जिल्लामा समुदाय स्तरमा कोरोना पुगेको हो की ! भन्ने आशंका बढेको स्वास्थ्य प्रमुख लम्सालले बताउनुभयो ।
वाहिरी जिल्लाबाट आउनेहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अवलब्बन नगर्दा कोरोना समुदाय स्तरमा पुग्ने उच्ज जोखिम बढेको उहाँको भनाई छ ।

कोरोना फैलिएका जिल्लाहरुबाट म्याग्दी आउने सर्वसाधरणहरु १४ दिन होमक्वारेन्टाइनमा वसिदिन र स्वास्थ्य सुरक्षाका उपायाहरु अपनाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।