कांग्रेसद्धारा दग्नामका पहिरोपीडितलाई राहत वितरण

विकल्प न्यूज/ बेनी
असोज २२ गते ।
म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका पहिरो पीडित लाई नेपाली कांग्रेस म्याग्दीले नगद रातह वितरण गरेको छ ।
दग्नामका बाढी पहिरोपीडित २४ घरपरिवारलाई काँग्रेस सभापति खमबहादुर गर्बुजा खम्बीरको पहलमा पीडितहरुको बर्गिकरण गरी राहत वितरण गरिएको हो ।

प्रभावितका आधारमा क,ख,ग र घ गरी क्रमशःदशहजार पाँच सय, छ हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सयका दरले राहत वितरण गरिएको काँग्रेसले जनाएको छ । गाउँपालिका उपाध्यक्ष कमला तिलिजा,वडा अध्यक्ष एकबहादुर गर्बुजाको उपस्थितिमा वितरण गरिएको काँग्रेसले जनाएको छ ।