आहा ! नारच्याङको शिरैमा कति राम्रो झरना (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/बेनी
असोज १८ गते ।     

गाउँको शिरैमा मनमोहक झरना । तल सुन्दर वस्ती । यो हो म्याग्दीको अन्पूर्ण गाउँपालिका ४ नारच्याङ गाउँ । गाउँको शिरबाट झर्ने छहराखोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ ।

मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन् । बेनी–जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाको अवलोकन गर्न पर्यटकहरु लोभिने गर्दछन् । यतिखेर आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । वर्षात रोकिए सँगै बेनीदेखि झरना अवलोकनमा जाने आन्तरिक पर्यटकको संख्या बढेको छ । झरनाको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्नसके आन्तरिक पर्यटनको केन्द्र बन्न सक्ने राम्रो संभावना रहेको म्याग्दी उद्योग बाणिज्य संघका द्धितिय अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

झरनाको तल फेदीमा भुमेथानको मन्दिर छ । म्याग्दीको सदरमुकाम बेनीबाट सवारीसाधनको यात्राबाट तिनघण्टामा झरनामा पुग्न सकिन्छ ।