अर्मनबाट ढकालको नेकपालाई प्रतिकाउन्टर ः ५३ जनालाई गराए काँग्रेस प्रवेश

विकल्प न्यूज/बेनी
असोज१३गते। 

हालै मात्र नेकपा छाडेर काँग्रेस प्रवेश गरेका बलभद्र ढकालले आफ्नो गाउँ अर्मनबाट नेकपालाई प्रतिकाउन्टर दिएका छन् । मंगला गाउँपालिका ५ अर्मनमा मंगलबार नेकपाका स्थानीय नेता तथा कार्यक्रताहरु गरी ५३ जनालाई नेपाली काँग्रेसमा प्रवेश गराएका छन् ।

काँग्रेस प्रवेश गरेपछि म्याग्दी आएका ढकाल आफ्नो जन्मभूमि अर्मनमा राजनीतिक गतिविधिमा सक्रिय भएका छन् । ढकाल सहित काँग्रेस प्रवेश गरेका अनेरास्ववियुका पूर्व अध्यक्ष रुद्र किसानलाई नेकपाले काँग्रेस कार्यक्रकर्ताहरु भित्राएर काउन्टर दिएको थियो ।

मंगलबार नेपाली काँग्रेस म्याग्दीका सभापति सहितको टोली अर्मन पुगेको हो । अर्मनमा आयोजना गरिएको कार्यक्रममा युवा संघ अर्मनका अध्यक्ष प्रताप रोका सहित ५३ जनालाई नेपाली काँग्रेसले प्रवेश गराएको छ । काँग्रेस प्रवेश गर्नेहरुमा पूर्व माओवादीबाट वडा सदस्य पदको उमेद्धार कुमारी मल्ल समेत छिन् । काँगेस प्रवेश गर्नेहरु अर्मनको पाखु, हिलबाङ, छिस्वाङ, पिपलबोट, पोक, कर्सिम्ला र खारपानीका हुन ।

नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेकालाई नेपाली कांग्रेसका सभापति खम बहादुर गर्बुजा खम्बीर,मंगला गाउाँपालिका सभापती नरसिंङ खत्री, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, जिल्ला सचिव क्या. मिनबहादुर कार्की, सदस्य ढकाल,निर्वाचन क्षेत्र ख का सभापति कमल छन्त्याल लगाएतले स्वागत गरेका थिए । सोमबार मात्रै मालिकामा ८५ जना काँग्रैस परित्याग गरी नेकपामा प्रवेश गरेका थिए ।