चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा रकाल निर्वाचित

विकल्प न्यूज/बेनी
असोज१०गते। 
नेपाल चेम्वर अफकमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल चयनहुनुभएको छ । शनिबार सम्पन्न प्रथमबार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेज प्रालिका संचालक समेत रहेका युवा व्यवसायीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
समितिकोे बरिष्ठ उपाध्यक्ष यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा,गंगा केसी,महासचिवमा संम्झना अधिकारी,कोषाध्यक्ष कुलबहादुर बोहोरा, सचिव प्रविन सापकोटा र सह– कोषाअध्यक्ष कुशल पौडेल चयन भएका छन् ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य यदुनाथ अधिकारीले चेम्बरले व्यवसायीको हितका लागि नेपालमा पहिलो स्थापना भई हाल सम्म व्यवासयीको लागि काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा युवा व्यवासायी धनबहादुर छन्त्याल, म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवाल,चेम्बर पोखराका कोषाध्यक्ष कमल बस्नेत, महासचिव राजु श्रेष्ठ, अर्जुन शर्माले बोल्नुभएको थियो ।

२००७ सालमा स्थापना भएको चेम्वर अफ कमर्सले नेपालमा संचालित उद्योग तथा व्यवसायीहरुको हकहित तथा अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्दै आएको छ । कार्यक्रम अध्यक्ष शाहीको अध्यक्षता, उपाध्यक्ष यामनाथ सुवेदीको स्वागत र निर्मल खत्रीको सञ्चालन मा कार्यक्रम सम्पन्नभएको थियो ।