ताजा समाचार:
Search

थप १३१३ जनामा संक्रमण पुष्टि

विकल्प न्यूज/काठमाण्डौं
असोज ९ गते । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा जानकारी दिइएको हो । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।