गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/पोखरा
असोज ९ गते । गण्डकी प्रदेशमा शुक्रबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा ४ जिल्लाका गरी उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

यो सँगै प्रदेशमा अहिले सम्म ३६४५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार पोखरा महानगरपालिकामा १७,लमजुङ,३,गोरखा १२,नवलपुरमा ९ जनामा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।