ताजा समाचार:
Search

कोरोनामुक्त हुनेको सङ्ख्या ५० हजार नाघ्यो

विकल्प न्यूज/बेनी
असोज ९ गते । हाल सम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या ५० हजार नाघेको छ । विहिवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको प्रेस विफ्रिङका क्रममा सो जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६९ हजार ३०१ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म ५० हजार ४११ जना सङ्क्रमित निको भएका छन् । अझै सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ छ ।