नेपाली कांग्रेस म्याग्दीद्धारा जिल्लालाई संकटग्रष्त क्षेत्र घोषणा गर्न माग

विकल्प न्यूज/बेनी
असोज८गते।
नेपाली कांग्रेस म्याग्दीले जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्री समक्ष संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दीलाई उपेक्षा गरेको भन्दै कांग्रेस म्याग्दीले आपत्ति जनाएको छ ।
असार २५ र २६ गतेदेखी यता बाढीपहिरोले म्याग्दीमा ठुलो धनजनको क्षति पुु¥याएपनि संघिय सरकारले म्याग्दीलाई बेवास्ता गरेको काँग्रेसको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सिन्धुपाल्चोक, बागलुङ संगै म्याग्दी पनि बाढीपहिरोबाट उच्च प्रभावित जिल्ला भएपनि सरकारले विपद् संकटग्रस्त क्षेत्रमा नसमेटीनु दुःखद भएको उपसभापति रेग्मीले बताउनुभयो ।

सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माण गर्दा म्याग्दीलाई कुनै विभेद गर्न नहुँने काँग्रेसको माग छ । गत असार २५ गतेदेखी यता हालसम्म म्याग्दीमा बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ भने अझै ६ जना वेपत्ता रहेका छन् ।

बाढी पहिरोबाट म्याग्दीका मराङ,बिम,ताकम,धारापानी,काफलडाडा,देविस्थान,निस्कोट,अर्मन,फगाम,काभे्र ,तितर,महभिर ,पात्लेखेत, कुइनेमंगलेको दुवाडी धार,खरिबोट,छरी,पात्लेखर्क लगायत क्षेत्रमा एक सय ७० बढी घर भत्किएका छन् भने सयौं परिवार विस्थापित भएका छन् ।
विस्थापित परिवार स्थानीय तह,विभिन्न संघसंस्थाको सहयोग तथा आफन्त र छिमेकीकोमा शरण लिएर बसेका छन् । कार्यक्रममा जिल्ला उपसभापति रेग्मी सहित सचिव क्याप्टेन मिन बहादुर कार्की ,सहसचिव भरतबहादुर रकाल ,प्रदेशसभा क्षेत्र नं ख का सभापति कमल छन्त्याल,नेपाल तरुणदल, म्याग्दीका सचिव सुमन बानियाँ,नेपाल विद्यार्थी संघ,म्याग्दीका अध्यक्ष निर्मल खत्री लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन क्याप्टेन कार्कीले गर्नुभएको थियो ।