बुधवार संक्रमण पुष्टि भएका युवा समुदाय सँग घुलमिल

विकल्प न्यूज/बेनी
असोज७गते। बुधबार संक्रमण पुष्टि भएका युवा समुदाय सँग घुलमिल भएको तथ्य बाहिरीएको छ । भारतबाट म्याग्दी आएका ति युवाले नमुना स्वाव दिएर घर फर्किएको खुलेको हो । बेनी नगरपालिका–३ भकिम्लीका ३० वर्षीय युवाको बुधवार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनीसँगको सम्पर्कमा आएकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ ।

गत भदौ २७ गते नेपाल–भारत सिमा क्षेत्रबाट आएका ति यूवाका कोरोना पुष्टि भए लगत्तै उनको सम्पर्कमा पुगेका व्यक्तिको पहिचानका लागि ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको हो ।

सीमा क्षेत्रबाट आएका यूवामा मंगलबार कोरोना पुष्टी भएको बुधबार विहान सार्वजनिक भएसँगै आमा, श्रीमति, दाईभाउजु, बालबच्चा, ससुरा, दिदिबहिनी, भान्जा भान्जी लगायत छिमेकी र सम्पर्कमा रहेका आफन्तलाई होम क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सकिएको छैन्,‘नियमित प्रक्रिया भएकाले सुरक्षित रहन अनुरोध गर्दछौ’ लम्सालले भन्नुभयो । भारतबाट आएका यूवा म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । उनीसँग सम्पर्कमा रहेका छिमेकीलाई समेत होम क्वारेन्टाइनमा राखिएको छ । संक्रमतिको सम्पर्कमा पुगेकालाई तत्काल क्वारेन्टाइनमा राख्ने र स्वाव संकलनमा गरेर परिक्षणमा पठाउनेगरी ट्रेसिङ भइरहेको जनाइएको छ ।
कन्ट्याक्ट ट्रेसिङले उच्च जोखिम, सामान्य जोखिममा कति जना छन् भन्नेबारे समेत जानकारी दिने प्रमुख लम्सालको भनाई छ । संक्रमति यूवासँग सम्पर्कमा रहेपनि त्रसित नभई सर्तक हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

क्वारेन्टाइनबाट असोज ५ गते साझँ यूवा घर गएका थिए । घरमा पुगेपछि चौतारीमा बसेका, घर निर्माणको क्रममा नजिकबाटै अवलोकन गरेको, भलिबल खेलेको लगायतका सामाजिक काममा सँगै काम गरेका स्थानीय लगायतको पहिचानको काम भइरहेको छ ।

संक्रमित युवाको म्याग्दी बहुमुखी क्याम्पसदेखि गाउँ आउँदासम्मको अवधिमा सम्पर्क भएका व्यक्तीको लिस्ट बनाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएकाले सम्पर्कमा गएका सबै होम क्वारेन्टाइनका बस्न अनुरोध समेत गरिएको छ । यता संक्रमति यूवाले समेत आफ्नो यात्रा, भेटघाटबारे स्पष्ट रूपमा बताएकाले पहिचानमा सहज भएको छ ।

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ महत्वपूर्ण हुन्छ । संक्रमित र निजका सम्पर्कमा आएकाहरूको ‘ट्रेस’ प्रभावकारी हुन सकेमा समुदायमा नफैलिने चिकित्सकको भनाई छ ।