गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/पोखरा
असोज ७ गते । गण्डकी प्रदेशका ७ जिल्लामा गरी थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ९, नवलपुर १,स्याङ्जा ३,म्याग्दी १,तनहुँ ४,लमजुङ ५ र बागलुङ २ गरी २५ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार विहान जारी विज्ञप्ती मार्फत जनाएको छ । थपिएका संख्या सँगै प्रदेशमा कुल संक्रमित ३५४८ पुगेको छ । 

कास्की र लमजुङ जिल्लाका संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन भने अन्य जिल्लाका संक्रमितहरु भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी गरिएको छ ।