पर्वत वेनी खानेपानी आयोजना मर्मत गर्न सांसद गिरीको पहलमा ५० लाख विनियोजन

विकल्प न्यूज/जलजला
असोज६गते। 

म्याग्दीको सदरमुकाम बेनी सँग सीमा जोडिएको पर्वत बेनी स्थित खानेपानी योजना मर्मतका लागि सांसद पदम गिरीको पहलमा ५० लाख रुपैयाँ विनियोजन भएको छ । जलजला गाउँपालिका ३ पर्वत बेनीमा रहेको खानेपानी योजना वर्षातका कारण पहिरोले क्षति पु¥याएको थियो ।

आयोजनाको मर्मतमा संघीय सरकारबाट ५० लाख रकम विनियोजन भएको खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । । पहिरोले क्षति पुराएको खानेपानी आयोजनाको सांसद गिरी सहितको टोलीले निरिक्षण गरेको छ । बर्षातका कारण वारीवेनी खानेपानी तथा सरसफाई आयोजनाको ट्याङकीमा क्षति पुगेको छ ।

उक्त आयोजनाको मर्मतका लागि खानेपनी विभाग संघीय खानेपानी तथा ढल निकास आयोजना मार्फत ५० लाख रुपैंयाँ सांसद गिरीको पहलमा विनियोजन भएको खानेपानी समितिका सल्लाहकार नगेन्द्र थापाले जानकारी दिनुभयो ।

आयोजना २०७६ फागुन महिनामा काम सम्पन्न भै पानी वितरण कार्य सञ्चालनमा आएको र उपभोक्ता हरुले पानी प्रयोग गरिरहेका छन् । गत श्रावण महिनामा अविरल बर्षाका कारण आयोजनामा क्षति पुगेकाले पर्वत जिल्लाका संघिय सांसद गिरी सहितको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।

जिल्लाको सदरमुकाम पछि ठूलो बजार क्षेत्र रहेको पर्वत वेनीमा उक्त खानेपानी आयोजना मार्फत पानी वितरण हुँदै आएको छ । झण्डै १ हजार धारा जडान भएको उक्त आयोजना झण्डै १३ करोडको लागतमा निर्माण भएको हो ।

सरकारको सह लगानी कार्यक्रम मार्फत निर्माण भएको उक्त आयोजना लिप्ट प्रविधिमा आधारित छ । कालीगण्डकी नदी किनारबाट लिप्ट गरिएको खानेपानीलाई प्रशोधन गरी वितरण हुँदै आएको छ ।