ताजा समाचार:
Search

संक्रिय कोरोनामुक्त म्याग्दीमा थप १ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी
असोज ७ गते । सक्रिय कोरोनामुक्त म्याग्दीमा थप एकजनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेनी नगरपालिका वडा नम्बर ३ का वर्ष ३० का पुरुषमा  कोरोना संक्रमण पुष्टि भएको हो । उनी हालैमात्र भारतबाट फर्किएर बेनीको क्वारेन्टाइनमा रहेका स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

यो सँगै म्याग्दीको संक्रमितको संख्या ५० पुगेको छ । ४९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायमा कोरोना संक्रमण फैलिएको छ भने म्याग्दीमा उच्च सतर्कता अपनाइएकाले समुदायमा संक्रमण फैलिन पाएको छैन ।