पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ संक्रमित थपिए

काठमाडौं ।

असाेज ६ गतेे ।

देशभर पछिल्लो २४ घण्टामा फेरि १ हजार ३ सय ५६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार यही समयमा देशभरबाट ८ सय २३ संक्रमित कोरोनामुक्त भएका छन्।

पछिल्ला १५ दिनयता लगभग उस्तै दरमा संक्रमित थपिरहेका छन्। चार दिनअघि भने २४ घण्टाभित्रै २ हजार २० संक्रमित थपिएका थिए। मंगलबार (आज) देशभर क्वारेन्टाइनमा ७ हजार १ सय ७१ जना बसिरहेका छन्।