ताजा समाचार:
Search

बैंकिङ कसुरका फरार कार्की माझफाँटबाट पक्राउ

विकल्प न्यूज/बेनी
असोज ६ गते ।

बैकिङ कसुरमा उच्च अदालत बुटवलबाट सजाय सुनाइएका फरार प्रतिबादी उनको घरबाटै  पक्राउ परेका छन । पर्वतको जलजला गाउँपालिका २ का ३० बर्षिय कृष्णबहादुर कार्कीलाई सोमबार जिल्ला प्रहरी कार्यालय पर्वतले उनैको गाउँवाट पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीलाई पर्वत जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

उच्च अदालत बुटवलले २०७६ वैशाख ८ गतेको फैसलाले ६ महिना कैद र ९ लाख ९० हजार रुपैया जरिवाना तोकिएको थियो ।
अदालतको फैसला पछि कैद भुक्तान नगरी हाल सम्म फरार सुचीमा रहेकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिनुभयो ।