गण्डकीमा थप ४४ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी

असोज ६ गते । गण्डकी प्रदेशमा कारोना संक्रमितको संख्या घटन थालेको छ । दैनिकमा रुपमा एकसयको हाराहारीमा कोरोना पुष्टि हुनेगरेकोमा मंगलबार ४४ जनामा मात्र कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेका पहिलो,दोस्रो,तेस्रो चौथो विज्ञप्तीमा गरी ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

बुधबारको संक्रमणको संख्या हेर्दा प्रदेशमा संक्रमणको अवस्था घट्दो रुपमा देखिएको छ । थपिएका संख्या सँगै प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार पाँचसय ३ पुगेको छ । निर्देशनालयको तेस्रो विज्ञप्तीमा १० जनामा कोरोना पुष्टि भएको जनाएको छ । निर्देशनालयको चौथो विज्ञप्तीमा थप कास्कीमा ११ र नवलपुरमा ९ जना गरी थप २० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

पोखरा महानगरपालिका १३ र ८ का २ जना पुरुष र तनहुँ जिल्ला, सुक्लागण्डकी ७ का ३९ पुरुष गरि ३ जना भारतबाट आएका हुन । यसैगरी पोखरा महानगरपालिका– ९ का २४ बर्षीय पुरुष बारा जिल्लाबाट र वार्ड नं ४ का ७१ बर्षीय महिला काठमाडौँबाट आउनुभएको हो ।
पोखरा महानगरपालिका ७ का ३७ बर्षीय पुरुष बन कार्यालयमा कार्यरत हुन ।

तनहुँ जिल्ला, सुक्लागण्डकी ६ का ३० बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत (गर्भवती) हुनुहन्छ । यसैगरी दोस्रो विज्ञप्ती अनुसार ११ जना संक्रमितहरु थपिएका छन् । बाग्लुङ बरेङका १९ बर्षीय पुरुष, लमजुङ जिल्ला बेसीसहर ९ का २८ बर्षीय पुरुष, ४ का ३० बर्षीय पुरुष र तनहुँका चारैजना गरि ७ जना पुरुषहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन ।

लमजुङ जिल्ला, बेसीसहर ८ का २६ बर्षीय महिला र २२ बर्षीय पुरुष सनराईज बैंकमा कार्यरत हुन । अन्य सबै संक्रमित कन्ट्रयाक टे«सिङबाट पहिचान हुनुभएको हो । पर्वतमा थपिएका ३ जना संक्रमितहरु कुस्मा नगरपालिका ७ का ३३,१९ र २० वर्षका पुरुषहरु हुन ।
चौथो विज्ञप्ती अनुसार संक्रमित भएका पोखरा महानगरपालिका ७ का ५ जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ। पोखरा महानगरपालिका ३ का ३०, ४५, ३० बर्षका व्यक्तिहरु क्रमशः सुनसरी, सप्तरी र भारतबाट आई क्वारेन्टाइनमा बस्नुभएको हो । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्ङ ट्रेसिङबाट पहिचान भएका हुन ।