जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी ६ असोज म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती इसेटोलका एक युवाले आफ्नो जन्मदिनको अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । इसेटोल घर भइ हाल अष्ट्रेलियामा रहनुभएका गोकुल भण्डारीले स्थानीय अन्नपूर्ण आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

भण्डारीले जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत ३५ जना बढी विद्यार्थीहरुलाई करिब ७ हजार बराबरको कापी र कलम वितरण गर्नुभएको हो ।

स्थानीय जेनेरेशन युथ क्लबको संयोजनमा विद्यालयमा आयोजित कार्यक्रममा भण्डारीका ठूला बुबा ओमबहादुर भण्डारी मार्फत बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको थियो ।

विद्यालयका प्रधानध्यापक डेकबहादुर भण्डारीको अध्यक्षता, क्लबका पूर्व अध्यक्ष एवम् भण्डारीका जेठा वुवा ओमबहादुर भण्डारीको प्रमुख आथित्यता र क्लबका सचिब रामजी भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा भण्डारीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरी रचनात्मक कार्य गरेको भन्दै धन्यबाद ज्ञापन गर्दै समाजमा यःता कार्यहरुलाई प्रोत्साहन गर्नु जोड दिईएको थियो ।