ताजा समाचार:
Search

हराएको मोबाइलमा बाँदरको सेल्फी भेटीए पछि ……

काठमाडौं ।

असोज ५ गते ।  बाँदर मान्छेको पुर्खा हो भन्ने त सुनिएकै हो । बाँदरका धेरै आनीबानीहरु मान्छेसँग मिल्छन् भन्ने वन्यजन्तुविदहरुको भनाइ छ । बाँदरले पनि मान्छेकै जस्तो हर्कत गर्दछ भन्ने तथ्यलाई हालै एउटा बाँदरले मलेसियामा पुष्टि गरेको छ ।

मलेसियामा एकजना व्यक्तिले आफ्नो हराएर फेला परेको मोबाइलमा बाँदरको सेल्फी तथा भिडियो रहेको दाबी ग्रेका छन् । २० वर्षका ज्याक्रिड्स रोडजीका अनुसार रातमा सुतेको समयमा उनको स्मार्टफोन हराएको थियो । सुतेकै ठाउँबाट मोबाइल कसरी हरायो ? भन्ने उनलाई पनि अचम्म लागेको थियो र त्यो एउटा चमत्कार नै भएको ठानिरहेका थिए । 

उनको मोबाइल हराएकै दिन उनका बुवाले घरको बाहिर एउटा बाँदर बसेको देखेका थिए । जसका कारण बाँदरले नै मोबाइल चोरी गरेको हुनसक्ने आशंका रोडजीका परिवारले गरे ।

हराएको मोबाइल खोज्न भन्दै रोडजी र उनका परिवारका सदस्यहरु एकाबिहानै जंगलतर्फ लागे । जंगलमा उनीहरुले हराएको मोबाइलको नम्बरमा फोन डायल गरिरहे ।

त्यही बीचमा एउटा रुखको मुनि दलदलमा फोनको घण्टी बजेको आवाज सुनियो । त्यहाँ केहीबेर खोजविन गरेपनि हराएको उक्त मोबाइल फेला पर्यो ।

रोडजीले जब आफ्नो फोन फेला पारे त्यसपछि त्यसलाई खोले । मोबाइलभित्र उनले बाँदरका विभिन्न तस्वीर तथा सेल्फीहरु देखे । तीमध्ये एउटा फोटोमा बाँदरले फोनलाई खाइरहेको पनि देखिन्थ्यो ।

उनले बाँदरले खिचेका ती तस्वीरहरुको एक भिडियो बनाएर ट्वीटरमा अपलोड गरे । जसमा बाँदरका विभिन्न खाले तस्वीरहरु तथा सेल्फी समेत देख्न सकिन्छ । उनले ट्वीटरमा अपलोड गरेको भिडियो झण्डै ३ लाखले हेरिसकेका छन् भने ६ हजारले रिट्वीट गरेका छन् । onlinekhabar