ताजा समाचार:
Search

भारतमा कुल संक्रमितको संख्या ५४ लाख नाघ्यो, ४३ लाख निको भए

२०७७ असोज ४;नयाँ दिल्ली।

आइतबारभारतमा कोरोना संक्रमितको कुल संख्या ५४ लाख ६ सय २० पुगेको छ ।

संक्रमितमध्ये ४३ लाख तीन हजार ४४ जना निको भइसकेका छन् ।

अहिले सक्रिय संक्रमित भने १० लाख १० हजार आठ सय २४ जना भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ९२ हजार ६ सय पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतीय मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म ६ करोड १५ लाख ७२ हजार तीन सय ४३ जनाको कोरोना परीक्षण गरिएको छ ।