ताजा समाचार:
Search

यस्तो अवस्थामा भेटियो बेनपा, म्याग्दी र कालिको दोभानमा

विकल्प न्यूज/बेनी
असोज ४ गते ।

म्याग्दी र कालिगण्डकीको दोभानमा निर्माण गरिएको उपयोगहिन हेलिप्याड /तस्विर विकल्प न्यूज 

दुई वर्ष अघि म्याग्दी र कालिको दोभानमा निर्माण गरिएको हेलिप्याड प्रयोग विहिन भएको छ । आकष्मीक विरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धारमा सहयोग पु¥याउन बेनी नगरपालिकाले करिब ८ लाख रुपैयाँ खर्चिएर हेलिप्याड निर्माण गरेको थियो । तर अहिले सम्म उक्त हेलिप्याडमा एकपटक पनि हेलिकप्टर अवतरण भएको छैन ।

नगरपालिकाको लाखौ ं रकम बालुवामा पानी हालेसरह भएको छ । जनप्रतिनिधिले हेलिप्याड बनाउने उपयुक्त जमिनको छनौंट गर्न नसक्दा जनताको लाखौं रकम दुरुपयोग भएको हो । हेलिप्याड बनाउका लागि अन्यत्र उपयुक्त जमिन नभएकाले नदीकिनारमा बनाउने गरी नगरसभाले नै पास गरेको नगरपालिकाका इन्जिनियर विमल रञ्जन कार्कीले बताउनुभयो ।

हेलिप्याडको लम्बाई र चौढाई साढे ६ मिटर रहेको छ । व्यवस्थित हेलिप्याड नहुँदा खुल्लामञ्चलाई प्रयोग गर्ने गरिएको थियो । खुल्लामञ्चलाई प्रयोग गर्दा धुलो उडेर बजार प्रदु्षण हुनुका साथै खेल भइरहेका समयमा समस्या हुने भएकाले खुल्ला मञ्चको तल्लोभागमा हेलिप्याड निर्माण गरिएको बेनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

खुल्लामञ्चमा खेलमैदान विस्तार भएकाले पनि विकल्पका रुपमा नदीकिनारमा हेलिप्याड बनाइएको उहाँले बताउनुभयो । स्थान अभावका कारण नदीकिनारमा हेलिप्याड बनाउनुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । प्राविधिक विषयमा पाइलट सँग जानकारी लिएर हेलिप्याड बनाएकाले प्रयोगमा ल्याउन मिल्ने इन्जिनियर कार्कीले बताउनुभयो ।