सहकारीको स्थापना दिवसका अवसरमा बेनीको विपद् कोषलाई ५० हजार सहयोग

विकल्प न्यूज/बेनी
असोज ४ गते । बेनी बजारको संगमचोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बेनी नगरपालिकाले स्थापना गरेको नगर विपद् व्यवस्थापन कोषमा ५० हजार रुपियाँ सहयोग गरेको छ ।

सहकारीको १२ स्थापना दिवसका अवसरमा आइतबार सहकारीका अध्यक्ष राजेश शाक्य,सचिव विनय श्रेष्ठ लगायतका पदाधिकारीहरुले मेयर हरिकुमार श्रेष्ठ,उपमेयर सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई नगद हस्तान्तरण गर्नुभएको हो ।
सहकारीको सामाजिक दायित्व अन्तर्गत बेनी नगरपालिका भित्र रहेका बाढीपहिरो पीडितहरुलाई राहत उपलब्ध गराउन रकम सहयोग गरिएको संस्थाका अध्यक्ष शाक्यले बताउनुभयो ।

संस्थाबाट ४१ हजार पाँचसय,प्रबन्धक लोकेश पुनमगरको ३५००,लेखापालका २०००,सहलेखापाल १५००,बजार प्रतिनिधि १००० र सुरक्षा गार्डबाट ५०० गरी पचास हजार रुपैयाँ सहयोग गरिएको संस्थाका सचिव विनय श्रेष्ठले बताउनुभयो ।

सहकारीको सहयोगलाई बाढीपहिरोबाट पीडित भएकाहरु समक्ष पु¥याइने मेयर श्रेष्ठले बताउनुभयो । विपद् र महामारीका समयमा सवै क्षेत्रबाट आवश्यक रहेको उहाँले बताउनुभयो । स्थापना दिवसका अवसरमा विपद् व्यवस्थापन कोषमा सहयोग गरेर सहकारीले नमुना काम गरेको भन्दै सहकारी परिवारलाई मेयर श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभयो ।