म्याग्दीका सुरत केसी राष्ट्रपतिबाट विभूषित

विकल्प न्यूज/बेनी
असोज ३ गते । 

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट म्याग्दीका सुरत केसी सम्मानित हुनुभएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै केसीलाई संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अलङ्कार (यशोवर्दक) पदकले विभूषित गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा केसी विगत ६ महिना देखि म्याग्दीमा निरन्तर रुपमा क्रियाशिल हुनुहुन्छ । डिसिसिएमसीको सदस्य समेत रहनुभएका केसी पत्रकार महासंघ म्याग्दी शाखाका निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । केसी कोरोना रोकथामका लागि जिल्लामा अग्रपंक्तीमा रहेर निरन्तर खट्नुभएको छ ।

साथै नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको उपमन्त्री पदमा रहनुभएका केसीको जिल्लामा विपद् व्यवस्थान र अस्पतालका विरामीहरुलाई रगत उपलब्ध गराउन उहाँको महत्वपूर्ण योगदान छ । केसीले ५९ भन्दा वढी पटक रक्तदान गरिसक्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो । संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदक वितरण गरिन्छ । पदकद्धारा सम्मानित हुने व्यक्तिहरुको नामावली गोरखापत्र दैनिकको शनिबारको अंकमा प्रकाशित गरिएको छ ।