लायन्स क्लब बेनी पिस सिटीद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

विकल्प न्यूज/बेनी
असोज २ गते ।  सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्लाको एक सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयलाई क्लबले दुई थान कम्प्युटर सहयोग गरेको हो ।

शुक्रबार ओमकुमारी शान्तिकोषको सचिवालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष खम थापा,प्रहरी नायब उपरिक्षक किरणजंग कुबरले विद्यालयका प्रधानाध्यापक तोरणबहादुर श्रेष्ठलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको गर्नुभएको हो ।

सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याउन क्बलका सदस्यहरुले एकआपसमा रकम संकलन गरी सो कम्प्युटर खरिद गरिएको क्लबका अध्यक्ष थापाले बताउनुभयो । कम्प्युटर सहयोगले आधारभुत तहमा अध्ययनरत बालबालिकालाई कम्प्य्ुटर शिक्षा प्रदान गर्न ठूलो सहयोग मिल्ने प्रअ श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरु सहभागि रहेका थिए । क्लबका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव सन्दीप खत्रीले गर्नुभएको थियो ।

यसैगरी क्लबले जिल्ला प्रहरी कार्यालयलाई एकसय थान फेससिल र १० लिटर स्यानीटाइजर सहयोग गरेको सचिव खत्रीले जानकारी दिनुभयो ।