ताजा समाचार:
Search

यस्तो छ नेपाल आएको रेल

विकल्प न्यूज,असोज २ गते ।    ६ वर्षभन्दा बढी समयपछि जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ। रेल विभागका जनकपुर साइट इन्जिनियर विनोद प्रसाद ओझाका अनुसार आज ११ बजेदेखि १ बजेको बीचमा ट्रायलका लागि भारतको जयनगर स्टेसनबाट रेल जनकपुर आउन लागेको हो।

जनकपुरधाममा लगभग सात वर्षपछि रेल आउन थालेपछि जनकपुरधामको रेल्वे स्टेसनमा बच्चादेखि वृद्धसम्म उत्साहित भएर बिहान करिब ९ बजेदेखि नै यहाँ स्थानीय रेलको पर्खाइमा बसिरहेका छन्। रेल भारतको जय नगरबाट जनकपुरधामका लागि निस्किसकेको जनाइएको छ।