ताजा समाचार:
Search

गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/पोखरा
असोज २ गते । 

शुक्रबार गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा प्रदेशका ४ जिल्लामा गरी सो संख्यामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । सवै भन्दा धेरै नवलपुरमा ३४ जनामा कोरोना पुष्टि भएको छ । 

यसैगरी कास्कीमा २ जना, ४ जना र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको विज्ञप्तीमा जनाइएको छ । संक्रमित सवैलाई आइसोलेशनमा लगिएको छ । थपिएका संख्या सँगै प्रदेशमा अहिले सम्म तिन हजार ३ सय २१ जनामा कोरोना पुष्टि भइसकेको छ ।

नवलपुरको कावासोती –२ का ३९ र २० बर्षीय, कावासोती–३ का ४१ बर्षीय गरि ३ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन । तनहुँ र कास्की जिल्लाका सबै संक्रमित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको एबथ ऋष्लिष्अ मा परिक्षणका लागि आएका हुन । भने अन्य कन्ट्रयाक ट्रेसिङका क्रममा पहिचान भएका हुन ।