ताजा समाचार:
Search

कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना

३१ भाद्र २०७७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका छन् । केहि दिन अगाडि उनलाई कोरोना संक्रमण भएकाे थियो। घरमै आराम गरिरहेका कोइरालालाई ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको हो ।

सोमबार साँझ कोइरालालाई १०३ डिग्री ज्वरो आएको र ज्वरो कम नभएपछि राति नै उनलाई ओम अस्पताल लगिएको थियो। अहिले उनकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ।