ताजा समाचार:
Search

यस्ता छन् असोज १ देखि सञ्चालन हुने सार्वजनिक सवारी साधनमा प्रयोग हुने शर्तहरु

विकल्प न्यूज ।
भदौं ३१ गते । कोरोना भाइरस संक्रमणका कारण लामो समय देखि रोकिएका लामोदुरीका सार्वजनिक सवारीसाधनहरु सरकारले असोज १ गते देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । तर सवारी सञ्चालन गर्दा अनिवर्या रुपमा शर्तहरु पालना गर्नुपर्ने छ । यस्ता छन् शर्तहरु ः

सवारी साधनमा ५० प्रतिशतमात्रै यात्रुहरु राख्न पाइनेछ ।
भौतिक दुरी कायम हुने गरी एक पंक्तिको सीटमा एकजनामात्रै यात्रु राख्नुपर्ने छ । सीटबाहेक यात्रुहरु राख्न पाइने छैन ।
सबै यात्रुहरुले मास्क अनिवार्यरुपमा लगाउनुपर्नेछ ।

यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारीसाधनभित्र अनिवार्यरुपमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।
लक र सहचालकले मास्क, भाइजर र पञ्जाहरु लगाउनुपर्नेछ ।

सवारी साधनलाई दैनिकरुपमा डिसइन्फेक्सन गरिरहनुपर्नेछ ।

यो अवस्था रहँदासम्म तोकिएको भाडादरमा अधिकतम ५० प्रतिशतसम्म सवारी साधनका सञ्चालकहरुले लिन पाउनुहुनेछ ।

यस सम्बन्धमा भौतिक पूर्वाधार र यातायात मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मापदण्डहरु बनाउन सक्नेछन् र ती मापदण्डहरुको अनिवार्यरुपमा पालना गर्नु सवारी चालकहरु र यात्रुहरुको कर्तव्य हुनेछ । र, यसको अनुगम यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्नूरगराउनुपर्नेछ ।

संक्रमणको जोखिम बढ्दै गयो भने रिस्कको एनालाइसिस गरेर स्थानीय प्रशासनले आवश्यक थप निर्णयहरु गर्न सक्नेछ । अर्थात, यातायात सञ्चालनमा रोक लगाउन सक्नेछ ।