गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि ः संक्रमित संख्या ३१६६ पुग्यो

विकल्प न्यूज/पोखरा
भदौं ३१ गते । गण्डकी प्रदेशमा बुधबार थप ५० जनामा कोरोना भाइरस (कोभिड –१९ ) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोरखामा गरिएको पिसिआर परिक्षणमा प्रदेशमा थप संक्रमित फेला परेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । थपिएका संख्या सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ ।

सवै भन्दा धेरै पोखरा नगरपालिमा २९ जना नयाँ संक्रमित थपिएका छन् । समुदाय स्तरमा पुगेको पोखरामा दैनिक रुपमा धेरैको संख्यामा संक्रमित थपिन थालेका छन् । यसैगरी गोरखामा १३ तनहुँमा ५ र बागलुङमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिका(४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ, वार्ड नं १५ का ४० बर्षका २ जना पुरुषहरु, वार्ड नं २७ का २८ बर्षीय पुरुष, वार्ड नं ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन ।

रुपा –१ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका हुन । वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन । तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका निर्देशनालयले जनाएको छ ।

यसैगरी बाग्लुङ गल्कोट – ३ र बाग्लुङ– १ का क्रमश ः ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक टे«सिङ बाट पहिचान भएको विज्ञप्तीमा जनाइएको छ । संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जनाइएको छ ।