नारायणी अस्पतालमा थप १ कोरोना सङ्क्रमित महिलाको मृत्यु

भदौ ३०, २०७७

पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् । उच्च ज्वरो, कडा निमोनिया र स्वासप्रश्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका  अस्पतालका वरिष्ठ चिकित्सक डा.उदयनारायण सिंहले जनाकारी दिए

सोही दिन ती महिलाकोे पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा.सिंहले जानकारी दिए । शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।