गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि,संख्या ३११२ पुग्यो

विकल्प न्यूज/बेनी
भदौं ३० गते ।

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालयले ११ बजेर ३० मिनेटमा जारी गरेको प्रेस विज्ञप्तीमा क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा ७ जिल्लामा गरेर उक्त संख्या थपिएको जनाएको छ ।

थपिएको संख्या सँगै प्रदेशमा अहिले सम्म कोरोना संक्रमितको संख्या ३ हजार ११२ पुगेको छ । तनहुँ ९ जना,कास्कीमा ३,गोरखामा १,लम्जुङ १,मनाङ १,स्वाङजा १२ र नवलपुरमा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यसै गरी गोरखा जिल्ला, बारपाक सुलिकोट(८ स्थायी ठेगाना हुनुभएका ६३ बर्षीय महिलाको श्री बिरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा निधन भएको छ । भाद्र २५ गते कोरोना पुष्टि भएको थियो मृतक महिला क्यान्सर रोगी समेत हुनुहुन्थ्यो । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेका छन् ।