ताजा समाचार:
Search

रुप्सेमा फेरी बाढीपहिरो (फोटो)

विकल्प न्यूज/बेनी
भदौं २९ गते । म्याग्दीको  अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा फेरी बाढिपहिरो गएको छ । सोमबार विहानै देखि रुप्से झरनामा बाढी आएको हो ।  रुप्सेको शिरमा ठूलो पानी परेकाले बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । बाढीले बेनी जोमसोम सडक खण्ड अन्तर्गत रुप्से झरनामा बनाइएको अस्थायी डाइभर्सन बगाउनुका साथै काठको पुल पनि बगाएको छ । तस्विर इन्द्रशिंह शेरचन