ताजा समाचार:
Search

लायन्स क्लब अन्तर्राष्ट्रियद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई ४ लाख बराबरको राहत सहयोग

विकल्प न्यूज/बेनी
भदौं २४ गते ।

लायन्स क्लब अफ अन्तर्राष्ट्रियको सहयोगमा म्याग्दीका बाढिपहिरो पीडितहरुलाई राहत सामग्री प्राप्त भएको छ । बाढी र पहिरोका कारण पूर्ण घर क्षति भएका जिल्लाभरका ८० घर परिवारलाई करिब ४ लाख बराबरको राहत सामग्री वितरण गरिने लायन्स सन्तोष रावलले बताउनुभयो । बाढिपहिरोका कारण घरवारविहिन भएकाहरुलाई सहयोग पु¥याउन म्याग्दीका लायन्स क्लबहरुको अनुरोधमा लायन्स अन्तर्राष्ट्रियले सहयोग रकम पठाएको उहाँले बताउनुभयो ।

उक्त रकमबाट प्रतिपरिवारलाई १ थान त्रिपाल, १ थान बलाङ्केट, १ थान म्याट्रेस, एक बोरा चामल, १ केजी दाल, १ केजी चिनी, एकपोका ननु र तेल वितरण गरिने लायन्स रावलले बताउनुभयो ।

यसैगरी बुधबार बेनी नगरपालिकाका २९ घरपरिवारलाई वितरण गर्ने राहत सामग्री नगरपालिकालाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बाढीपहिरोका कारण पूर्ण क्षति भएका घरपरिवारलाई लायन्सले उपलब्ध गराएको राहतले सहयोग पुग्ने बताउनुभयो ।

विपत्तिको सामना सवै मिलेर गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी मालिकाका र धबलागिरिका २६ घरपरिवारका लागि लायन्स क्लब अफ म्याग्दी दरवाङले वितरण गर्ने व्यवस्था मिलाइएको लायन्स लोकेश पुनमगरले बताउनुभयो ।

यसैगरी गरी मंगला गाउँपालिकाका ६ घरपरिवारका लागि लायन्स क्लव अफ म्याग्दी मंगला र अन्नपुर्णका १५ परिवारका लागि लायन्स क्लब अफ अन्नपूर्णले वितरण गर्ने व्यवस्था मिलाइएको पुनमगरले जानकारी दिनुभयो ।